बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७४ फागुन १७ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा-१२ का २४ वर्षीय विजयकुमार महतो कोइरीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पीडित पक्षले फागुन १७ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कारबाहीको माग गर्दै उजुरी दिएको जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फगुन १७ गते गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले बताए ।


दुर्गा परियार