बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७४ फागुन ५ गते

१४ वर्षीया बालिकालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा मिर्चया नपा-९ का २५ वर्षीय दिपककुमार मण्डल र १९ वर्षीय श्यामकुमार महराविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा फागुन ४ गते उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन ३ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेश सुवेदीका अनुसार घटनाको जानकारी हुनासाथ फागुन ३ गते आरोपित दिपकलाई गिरफ्तार गरेको र अर्का आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।


दुर्गा परियार