बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७४ माघ २३ गते

१५ वर्षीया बालिकालाई ५५ वर्षीय बावुले बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले माघ २० गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएकी छन् ।

झड्केली छोरीलाई बुवाले गत भदौदेखि पटकपटक बलत्कार गरेको भन्दै पीडित बालिकाकी आमाले आरोपितलाई हदैसम्मको कानुनी कारवाही गरिपाउँ भनी प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो ।

आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते जिल्ला अस्पताल तेह्रथुममा गरिएको छ ।


भगिश्वर लिम्बू