बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७४ माघ २३ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २२ गते तुम्बेवा गाउँपालिका-३ का १८ वर्षीय भीम भनिने मनकुमार सम्बाहाम्फे विरूद्ध जिल्ला प्रहरी कार्याल्यमा उजुरी दर्ता भएको छ ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ । उनको उपचार पनि सोही अस्पतालमा गरिएको छ ।

पीडित बालिकालाई आरोपितले माघ २० गते बलात्कार गरेको पीडितका आफन्तले बताए । आरोपितलाई माघ २१ गते गिरफ्तार गरिएको इन्स्पेक्टर बस्नेतले बताए ।


मङ्गल बेघा