बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७४ असोज २७ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केरावारी गाउँपालिका-६ का २२ वर्षीय गणेश बिकविरुद्ध कारबाहीको माग गर्दै पीडितका आफन्तले असोज २६ गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २६ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

घटना लगत्तै आरोपित फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामजी कटुवालले बताए ।


इन्दिरा भट्टराई