बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७४ असोज १७ गते

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सखुवा नन्कारकट्टी गाउँपालिका १ का १८ वर्षीय दिपे यादव र २२ वर्षीय जिवेन्द्र यादवविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज १७ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितद्वयले असोज १४ गते राति सामूहिक बलात्कार गरेकाले कारबाहीका लागि उजुरी दिइएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज १७ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतका अनुसार दिपे यादवलाई असोज १७ गते गिरफ्तार गरिएको र जिवेन्द्र फरार रहेकाले खोजतलास भइरहेको छ ।


दुर्गा परियार