बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

  ०७३ असोज २ गते

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा धनकुटा नपा–७ का सुमन श्रेष्ठविरुद्ध प्रहरीले असोज २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

पीडित युवतीले भदौ २९ गते बलात्कार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई भदौ ३० गते घरैबाट गिरफ्तार गरी असोज २ गते मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ २९ गते जिल्ला अस्पतालमा गरिएको पनि सई अधिकारीले जानकारी दिए ।


सन्तोष रुचाल