बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७४ असोज ११ गते

सुस्त मनिस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा-१ का ४५ वर्षीय मोहिनारायण चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज १० गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेकोले कारबाहीको माग गर्दै उजुरी दिइएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज १० गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीका अनुसार आरोपित फरार भएको हुँदा खोजतलास भइरहेको छ ।


दुर्गा परियार