बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७४ भदौ ३ गते

६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ५० वर्षीय सेते तामाङ विरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले इन्सेकको सहयोगमा उजुरी दिएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित पक्षले भदौ २ गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा न्यायको लागि पहल गरिदिन अनुरोध गरेपछि इन्सेक जिल्ला प्रतिनिधिको पहलमा बलात्कारविरूद्ध निःशुल्क जाहेरी लेखाएर दर्ता गराइएको हो । आरोपित तामाङ भने फरार रहेको प्रहरीको भनाई छ ।


नातिबावु धिताल