बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१४ वर्षीया बालिकालाई पुस २१ गते बलात्कार गरेको आरोपमा लहान नपा–१६ का ३५ वर्षीय दिपक सदाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २७ गते उजुरी दिएको छ ।
आफूले उजुरी गर्ने प्रकृया थाहा नपाउँदा गाउँमै कुरा राख्दा वडा अध्यक्षले प्रहरमिा जाने सल्लाह दिएपछि प्रहरीमा उजुरी गर्न आएको पीडित बालिकाकी ठूली आमाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पुस २७ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…