बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७७ पुस १७ गते

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुखिपुर नपा–३ का २२ वर्षीय ससी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १५ गते उजुरी दिएको छ ।

पीडितलाई आरोपितले कात्तिक २९ गते बलात्कार गरेको भन्दै न्यायका लागि उजुरी दिएको पीडितको बुवाले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस १५ गते गरिएको छ । आरोपित फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शालिग्राम शर्माले बताउनु भयो ।


दुर्गा परियार