बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

  ०७७ कात्तिक २६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१ का २८ वर्षीय आशिष मिरदाहाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक २४ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ महिनामा पटकपटक बलात्कार गरेको र बालिकाले कसैलाई नभनेको कारण समयमा घटनाबारे जानकारी नभएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडित बालिका पाँच महिनाको गर्भवती भएपछि मात्र जानकारी भएकोले उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

आरोपित मिरदाहाले यस अघि नै साउन ११ गते १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा साउन १७ गते गिरफ्तार भई पुर्पक्षका लागि थुनामा रहेकाले अदालतसँग समन्वय गरी अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २४ गते गरिएको थियो ।


दुर्गा परियार