बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७७ कात्तिक १२ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानुकुमार साहविरूद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कात्तिक १० गते उजुरी दिएकी छिन् ।

पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको पीडितले बताउनु भयो । आरोपित साह फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

यसैगरी १९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा तिरहुत गाउँपालिका–३ का १९ वर्षीय सुनिलकुमार साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कात्तिक १० गते उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक ८ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । कात्तिक ८ गते मध्यराति जानकारी पाएर पौने एक बजे घटनास्थल पुगेको प्रहरी टोलीले बलात्कार प्रयासका आरोपित सुनिलकुमार साहलाई गिरफ्तार गरेको हो ।

पीडित दुवै जनाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कात्तिक ९ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल