बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७७ साउन १४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–१ का २३ वर्षीय आशिष मिरदाहाविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा साउन १३ गते उजुरी दिनु भएको छ ।

आरोपितले बालिकालाई साउन ११ गते बलात्कार गरेको आरोपमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

आफन्त र स्थानीयहरूले गाउँमै मिलाउने प्रयास गर्दा उजुरी प्रकृयामा ढिलाइ भएको इन्सेक प्रतिनिधिलाई पीडित बालिकाकी आमाले फोन मार्फत बताउनु भयो ।

आरोपित फरार भएकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १३ गते भएको छ ।


दुर्गा परियार