बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७७ जेठ ४ गते

आठ वर्षीया बालिकालाई जेठ ३ गते अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितकी आमाले सोही दिन ईलाका प्रहरी कार्यालय सखडामा उजुरी दिनु भएको छ ।

खेलेर घर आएकी बालिकाले हजुरआमालाई घटनाबारे जानकारी दिएपछि पीडितकी आमाले बालिका बलात्कृत भएको भन्दै जेठ ३ गते उजुरी दिएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।

पीडित बालिकाको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जेठ ३ गते नै स्वास्थ्य परीक्षण भएको छ । संवेदनशील अङ्गबाट रक्तश्राव भइरहेको अवस्थामा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएकी बालिकाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अर्धचेत अवस्थामा रहेकी बालिकाले आरोपितको नाम, हुलिया बताउन नसकेकाले थप जानकारीका लागि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहनु भएका डिएसपी तिलक भारतीले बताउनु भयो । घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सखडाका सई रामबालक ठाकुर खटिनु भएको उहाँले जानकारी दिनु भयो । जेठ ३ गते घटनास्थल आसपासका एक दर्जन बढी स्थानीयवासीसँग घटनाबारे सोधपुछ गरिएको छ । घटना अघि बालिकासँगै खेलेका ६ र सात वर्षका दाजु भाइसँग समेत सोधपुछ गरी अभिभावकको जिम्मा लगाइएको छ ।


मनोहरकुमार पोखरेल