बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७७ जेठ २ गते

बोल्न नसक्ने अपाङ्गता भएकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामविरुद्ध जेठ २ गते उजुरी दर्ता गरेको छ । घटनास्थलबाटै नियन्त्रणमा लिई गाउँलेहरूले जेठ १ गते प्रहरी चौकी पकरीलाई बुझाएकोमा प्रहरी चौकी पकरीले आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको हो ।

आरोपितले बलात्कार गरेको स्विकारेको र पीडितकी आमाले दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताउनु भयो । गाइबस्तु चराउन गएकी अपाङ्गता भएकी बालिकालाई जेठ १ गते झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेहरूलाई बोलाएर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको स्थानीय दिपक चौधरीले जानकारी दिनु भयो ।

होहल्ला गरे पछि भाग्न खोजेका आरोपितलाई गाइबस्तु चराइरहेका अन्य गाउँलेहरूले नियन्त्रणमा लिएर दुई घण्टासम्म लाठी, मुक्काले कुटपिट गरेको आरोपितले बताउनु भयो ।

आरोपितलाई निर्घात कुटपिट गर्ने विरुद्ध समेत कारवाही गर्न माग गर्दै आरोपितका आफन्तहरू जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा डेलिगेशन गएका थिए ।

पीडितको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जेठ १ गते स्वास्थ्य परीक्षण गरी उपचार भइरहेको छ ।


मनोहरकुमार पोखरेल