बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७४ असार ४ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-७ का २५ वर्षीय सत्यन मण्डल र सोही ठाउँका २७ वर्षीय विलक्षण मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा असार ३ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार आरोपितले असार ३ गते सत्यनले बलात्कार गरेको र विलक्षणले बलात्कार गर्न सहयोग पुर्‍याएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ३ गते भएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइ रहेको बताए ।


दुर्गा परियार