बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७६ पुस ५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बरियारपट्टी गाउँपालिका–५ का २० वर्षीय उमेश रायविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस ४ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उक्त उजुरीदिएको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।


दुर्गा परियार