बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७४ असार ३ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरको आरोपमा पीडित पक्षले अर्नमा गाउँपालिका-१ का २२ वर्षीय विजयकुमार ठाकुरविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा असार २ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलात्कार गरी फरार भएको र बालिकाले आत्महत्याको प्रयास स्वरूप विष सेवन गरी उपचारमा रहेकोले उजुरीमा ढिलाई भएको पीडित पक्षको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २ गते लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्तालमा गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार उजुरी ढिला आइपुगेको बताउँदै आरोपितको खोजी कार्य गरिएको छ ।

यसैबिच १५ वर्षीया बालिकालाई बलात्कारका गरी फरार भएका लहान नपा-१९ का १८ वर्षीय सुमन मण्डललाई ५ महिनापछि असार २ गते इलाका प्रहरी कार्यालय लहानले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७३ माघ ३ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा माघ ४ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार आरोपितलाई गिरफ्तार गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।


दुर्गा परियार