बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असोज २४ गते

२४ वर्षीया महिलालाई २६ वर्षीय पति र अन्य तीन जनाले असोज २३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा असोज २४ गते उजुरी दिएकी छन् ।

तीन वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भई घरमै बस्दै आएकी पीडित महिला असोज १० गते माइतीघर चन्द्रपुर नपा–९ डुमरिया गएकी थिइन् ।

पीडितका पतिले घरमा आमा र भाउजु बिरामी भएको भनी असोज २३ गते राति १० बजे मोटरसाइकलमा चढाएर घरतर्फ लैजाँदै गर्दा गौर–चपुर सडकखण्ड अन्तर्गत डुमरिया बजार भन्दा १ किमी दक्षिणमा रहेको पाखरियाको डिलमा लगेर मुख थुनी आँखामा पट्टि बाँधेर सबैले पालैपालो बलात्कार गरेको पीडितले बताइन् ।

आँखामा बट्टि बाँधेका कारण अन्य आरोपितलाई चिन्न नसकेको पीडित महिलाले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहापुर अस्पतालमा असोज २४ गते गरिएको छ ।


कोपिला तिमल्सिना