बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असोज ५ गते

अपाङ्गता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रोल्पा जिल्ला रोल्पा नपा–९ का ४० वर्षीय धनबहादुर पुनमगरविरूद्ध असोज ५ गते जिल्ला प्रहरी कार्यालय, गोरखामा उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपित पुनमगरले असोज २ गते बलात्कार गरेको भन्दै पीडित पक्षलले यसअघि असोज २ गते नै जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाकी इन्स्पेक्टर कमला नरालले जानकारी दिइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असोज ५ गते जिल्ला अस्पताल, गोरखामा गरिएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती