बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ भदौ ३१ गते

१७ वर्षीया बालिकालाई जेठ २५ गते बलात्कार गरेको आरोपमा गोदावरी नपा-७ का ५० वर्षीय धनिराम चौधरीविरूद्ध पीडित पक्षले भदौ २८ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले डर त्रास देखाई नजिकैको जङ्गलमा लगी पटकपटक बलात्कार गर्ने गरेको र पेटमा बच्चा भइसकेपछि भदौ २४ गते मात्र थाहा भएको र भदौ २५ गते गर्भपतन गरी पीडित पक्षले प्रहरीमा भदौ २८ गते उजुरी गरेको जिल्ला प्रहरी कार्यलयका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

गर्भपतन अत्तरियाको पद्मा अस्पतालमा भदौ २५ गते गरेको बस्नेतले बताए । आरोपति फरार रहेकोले खोजी कार्य भइरहेको बस्नेतले बताए ।


मैनामोती चौधरी