बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

  ०७४ जेठ ५ गते

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ४ गते शम्भुनाथ नपा-२ बस्ने २४ वर्षीय सञ्जय सदाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

पीडित बालिकाकी आमाले जेठ २ गते दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरी आरोपितको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा वैशाख १४ गते भएको सई हरी खडकाले जानकारी दिए ।

सई खडकाका अनुसार घटना ढाकछोप गर्न बैशाख ३१ गतेसम्म गाउँमा दुबै पक्षबीच भएको छलफलमा कुनै टुङ्गो नलागेपछि पीडित पक्ष मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय आएका हुन् ।

पीडित बालिकालाई आरोपितले गत वैशाख ११ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । घटनापछि फरार रहेका आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।


मनोहरकुमार पोखरेल