बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ साउन ४ गते

२० वर्षीया महिलालाई असार ३१ गते बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला महागढिमाई नपा–२ का ५० वर्षीय राजेन्द्र साह कानुविरूद्ध पीडितकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साउन १ गते उजुरी दर्ता गराएकी छिन् ।
पीडित महिलालाई आरोपित कानुले खाजा खुवाउने बहाना बनाई चन्द्रनिगाहपुर स्थित एक होटलमा लगी डर, धम्की देखाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिला चिच्याएपछि वरिपरिका व्यक्तिहरूले सहयोग गर्ने क्रममा आरोपित फरार भएको पीडितकी दिदीले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहापुर अस्पतालमा साउन १ गते गरिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सन्तोष पाठकले बताए ।


कोपिला तिमल्सिना