बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ साउन ३ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिनगर गाउँपालिका–३ का २१ वर्षीय समिम अन्सारी र २२ वर्षीय दिलसाद मियाँविरूद्ध साउन २ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

आरोपितद्वयले घरमा कोही नभएको मौका छोपी साउन १ र २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २ गते प्रहरीमा उजुरी दिएपछि दर्ता गरिएको डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

उजुरी लगत्तै फरार भएका आरोपितहरूको खोजी थालिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २ गते गरिएको छ ।


जयकृण यादव