बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७६ असार २८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा सैनामैना नपा–६ का ३० वर्षीय सरोज थापाविरूद्ध असार २७ गते उजुरी गरिएको छ ।

पीडित बालिकालाई आरोपितले राम्रो जागिर लगाइदिन्छु भनी बोलाएर असार २६ गते साँझ बलात्कार गरेको भनी पीडित बालिकाले असार २७ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.