बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७६ वैशाख ३० गते

५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फिदिम नगरपालिका–१४ का ४५ वर्षीय धनसिङ फागोसहित तीन जना विरूद्ध वैशाख २९ गते उजुरी दर्ता गरिएको छ ।

घटनामा संलग्न अन्य दुई जनाको विवरण गोप्य राखी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।

पीडित महिलालाई आरोपितत्रयले वैशाख २७ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध पीडितले वैशाख २९ गते प्रहरीमा उजुरी दिएपछि आरोपितविरूद्ध मुद्दा दर्ता गरिएको इन्स्पेक्टर पौडेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २९ गते गरिएको छ ।


मङ्गल बेघा