बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरी कार्यालयमा उजुरी

  ०७५ फागुन २३ गते

१६ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको आरोपमा फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले माघ २६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितपक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २० गते जिल्ला अस्पताल चौतारामा गरिएको छ ।

हाल आरोपित फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।


नातिबावु धिताल