बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई खडग नपा–३ का ३५ वर्षीय राधेश्याम पण्डितले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कडरबोनाले पुस १७ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ ।
खडग नपा–३ स्थित इँटा भट्टा उद्योगमा मुन्सी (लेखापाल) पदमा कार्यरत आरोपितले बाख्रा चराउन गएकी पीडितलाई ललाई फकाई उद्योगभित्र लगी बलात्कार गरेको आरोपमा पुस १७ गते उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बताए ।
इन्स्पेक्टर श्रेष्ठका अनुसार ०७५ मङसिर १५ गते बलात्कारको घटना भएको भए पनि गाउँघरमा छलफल गर्दा नमिलेपछि पुस १७ गते मात्र पीडितकी आमाले उजुरी लिएर आएकी हुन् ।
लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा पुस १७ गते पीडितको स्वास्थ्य परीक्षण गरिएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…