बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पकाहा मैनपुर गाउँपालिका धोरेका १९ वर्षीय देवकुमार पटेलविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १६ गते उजुरी दर्ता भएको छ ।
पीडित परिवारले पुस १६ गते दिएको उजुरी दर्ता गरी अरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए ।
आरोपित पटेलले पुस १५ गते दिउँसो तीन बजेतिर बालिका खेलिरहेको ठाउँबाट चक्लेट दिन्छु भन्दै आफ्नो कोठामा लगेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
बालिका पीडाका कारण चिच्याएपछि आरोपितको कोठामा बालिकाका अभिभावक पुगेका थिए । त्यतिबेला नै आरोपित फरार भएको पीडित पक्षले जनाएको छ ।
पीडित बालिकाको उपचार बीरगञ्जको उपक्षेत्रीय अस्पतालमा पुस १५ गतेदेखि भइरहेको छ । उनको योनी च्यातिएको र रगत बगेको अवस्था रहेको चिकित्सकले बताएका छन् । पीडित बालिकाले बेलाबेलमा वान्ता समेत गरेको चिकित्सकले बताएका छन् ।
केसी लामिछाने
संबंधित समाचारहरू
बम विष्फोटमा परी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु, ६ जना घाइते
क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय छोरा राजेश साह र राजेशका ३० वर्षीय छोरा आनन्द साहको…
घरमै बन्धक बनाइएका दुई जना महिलाको उद्धार, आरोपित गिरफ्तार
गुलरिया नपा–६ शान्ति टोलस्थित घरमै बन्धक बनाएर राखिएका दुई जना महिलाको मङ्सिर २५ गते प्रहरीले उद्दार गरेको छ । २४ वर्षीय बब्लु राँडले २० वर्षीया पत्नी रेनु राँड र १५…
अस्पतालमा नवजात शिशु सघन कक्ष नहुँदा समस्या
पर्वतमा रहेको एक मात्र जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नवजात शिशुका लागि सघन कक्ष नहुँदा समस्या परेको छ । १५ शैया क्षमता रहेको पर्वत जिल्ला अस्पतालमा स्थापनाकालदेखि नै नवजात शिशुका लागि…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय गोरखाले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका–२७ घर भएका नेकपाका स्याङजा जिल्ला इञ्चार्ज…
वैकल्पिक विद्युत नहुँदा बर्थिङ सेन्टरमा प्रसूति गराउन मुस्किल
अहिले जिल्लामा बर्थिङ सेन्टर धमाधम स्थापना भएका छन् । तर, बर्थिङ सेन्टरमा विद्युतको वैकल्पिक व्यवस्था नभएका कारण प्रसूति गराउन समस्या पर्ने गरेको छ । मालिका गाउँपालिकाका आठ ओटै वडाका स्वास्थ्य…