बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मायादेवी गाँउपालिका–१ अहिरौलीका ३० वर्षीय जैस मोहमद नाउँविरूद्ध मङ्सिर १२ गते इलाका प्रहरी कार्यालय लुम्बुनीमा उजुरी उजुरी दर्ता गरिएको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ११ गते उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर थमन रजालीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
त्यसैगरी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३२ वर्षीय सुन्दर केवटविरूद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा मङ्सिर ११ गते उजुरी दर्ता गरिएको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेर फरार रहेको भन्दै पीडितले मङ्सिर ११ गते उजुरी दिएकी थिइन् ।
आरोपितको खोजी कार्य भइरहेको इन्स्पेक्टर शङ्कर पोखरेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ११ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…