बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग

  ०७३ भदौ ७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् ।

पीडित पक्षले भदौ ६ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएर यस्तो माग गरेका हुन् ।

पीडित बालिकालाई आरोपितले भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भएको प्रहरीले जनायो ।

घटनापछि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी भीमकिरण बोगटीले बताए ।


विनोद पाण्डे