बलात्कार घटनाका आरोपितले हिरासतमै गरे आत्महत्या
सरावल गाउँपालिका-३ का ५५ वर्षीय कानर चौधरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा थिए । चैत २७ गते बिहान हिरासत कक्षको ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
६ वर्षीया बालिकालाई गत माघ १३ गते बलात्कार गरेको आरोपमा स्थानीयबासीले माघ १४ गते कुटपिट गरी माराणासन्न अवस्थामा पुर्याएकोमा घटनापछि फरार रहेका चौधरीलाई चैत २६ गते बर्दघाट नपा-४, स्थित बसपार्क नजिकबाट गिरफ्तार गरी हिरासतमा राखेकोमा रात बित्न नपाउँदै झुण्डिएर अत्महत्या गरेको इन्स्पेक्टर टेकबहादुर रावतले जानकारी दिए ।
घटनापछि स्थानिय जनप्रतिधि बर्दघाट नपाका प्रमुख धिरज शर्मा बस्याल, वडा अध्यक्ष रविन्द्र विक्रम हमाल मानव अधिकारकर्मी इन्सेक प्रतिनिधि नारायण पराजुली स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मीहरू र मृतकका परिवारको उपस्थितिमा शवलाई पोष्टमार्टमका लागि परासी स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा लगिएको छ ।
नारायण पराजुली
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…