बलात्कार घटनाका आरोपमा गिरफ्तार

  ०७५ फागुन २२ गते

मानसिक सन्तुलन ठिक नभएकी २७ वर्षीया महिलालाई फागुन २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–१ का ४५ वर्षीय विदुर भनिने तेजबहादुर खड्कालाई सोही दिन गिरफ्तार गरेको छ ।

चन्द्रपुर नपा–१ स्थित पौराई ब्रम्हस्थान मन्दिर परिसरमा बस्दै आएकी भारत पश्चिम बङ्गाल घर बताउने पीडित महिलालाई आरोपित खड्काले मन्दिर परिसर भित्र नै बलात्कार गरेको स्थानीय लक्ष्मण न्यौपानेले बताए ।

महिला चिच्च्याएको आवाज आएपछि गाउँलेहरू मन्दिरमा पुग्दा आरोपितले बलात्कार गर्दैै गरेको अवस्थामा फेला पारी प्रहरीलाई बुझाइएको न्यौपानेले बताए ।
पीडित महिलाको तर्फबाट स्थानीय लक्ष्मण न्यौपानेले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन २२ गते जाहेरी दर्ता गराएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा गरी आवश्इक अनुसन्धान सुरू गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सन्तोष पाठकले बताए ।


कोपिला तिमल्सिना