बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ १० गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नपा–१० का १९ वर्षीय फुलकुमार रामलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ ६ गते साँझ आरोपितले बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ ७ गते उजुरी दिएकी छन् ।

आरोपितले ललाईफकाई लोभलालचमा पारी धाकधम्की देखाएर बलात्कार गरेकोले पीडितले प्रहरीसमक्ष कारवाहीको माग गर्नु भएको इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

इलाका प्रहरी कार्यालयले भदौ ७ गते दिएको उजुरी दर्ता गरी सोही दिन पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।


मनोहरकुमार पोखरेल