बलात्कार गरेको ठहरमा १७ वर्षीय बालकलाई ११ वर्ष कैदकाे फैसला

  ०७२ माघ ७ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १७ वर्षीय बालकलाई ११ वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश दयाराम ढकालको माघ ७ गतेको इजलाशले आरोपितबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा कात्तिक ८ गते उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई कात्तिक ९ गते गिरफ्तार गरी अदालत पेश गरेकोमा अदालतको मङ्सिर ९ गतेको आदेशले पुर्पक्षका लागि भीमफेदी जेलमा पठाएको थियो ।


प्रताप विष्ट