बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

  ०७३ भदौ ८ गते

३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका त्रियुगा नपा-५ वेहेडवाका ३५ वर्षीय शुभकरण चौधरीलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले चौधरीलाई कैदसँगै पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।

पीडित महिलालाई चौधरीले ०७३ जेठ ३२ गते बलात्कार गरेको भन्दै पीडितले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १ गते जिल्ला अस्पतालमा गरिएको थियो । प्रहरीले चौधरीलाई असार १ गते गिरफ्तार गरेको थियो । चौधरीलाई यसअघि अदालतले असार २७ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।


भरत खड्का