बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत दाङले जाङ गाविस-७ का ३३ वर्षीय लालबहादुर बोहरालाई पाँच वर्षकैदको फैसला सुनाएको छ ।
न्यायाधीश चुरामन खड्काको इजलासले साउन २५ गते बोहरालाई दोषी ठहर गर्दै पाँच वर्षकैद र १५ हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई दिनुपर्ने आदेश दिएको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए ।
विवाह गर्ने भन्दै गत असार ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ६ गते इलाका प्रहरी कार्यालय तुल्सीपुरमा उजुरी दिएको थियो ।
आरोपितलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असार ६ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा असार ६ गते गरिएको प्रहरीले जनाएको छ ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…