बलात्कार गरेको ठहरमा पाँच वर्षतीन महिना कैदको फैसला
७० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै सल्यान जिल्ला अदालतले फालाबाङ-४ का रमेश रेउलेलाई पाँच वर्षतीन महिना कैद र पीडित महिलाले पाउने गरी ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
आरोपित र उनका बाबु बाजेको नाममा कुनै अचल सम्पति नदेखिएको भन्दै जरिबाना लगाइएको ५० हजार रुपियाँ महिला तथा वालबालिका कार्यालय सल्यानबाट भराउन आदेश गरिएको जिल्ला अदालतका नायब सुब्बा बिष्णुमणी उपाध्यायले बताए ।
न्यायाधीश माधबेन्द्रराज रेग्मीको इजलासले पुस १८ गते सो फैसला गरेको हो । पीडित महिलालाई आरोपितले गत असार ३० गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो ।
मीना बुढाथोकी
संबंधित समाचारहरू
१६ दिनमा यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामाः इन्सेक
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका बेला यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् । इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा…
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्छन्ः अध्यक्ष शर्मा
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्ने भएकाले अधिकारकर्मीको बल निकै ठूलो हुने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९…
मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री थापा
मानव अधिकारको संरक्षण, सम्बर्द्धन र नागरिकको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४…
फोटो खिच्ने क्रममा प्रहरीले कुटपिट गरेको पीडित पत्रकारको आरोप
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १२ अमलाचौर स्थायी घर भइ काठमाडौँमा नागरिक दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । मङसिर २४ गते दशरथ…
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७ बजे इन्सेक प्रदेश २ कार्यालय जनकपुर, राष्ट्रिय मानव अधिकार आयोगको…