बलात्कार गरेको ठहरमा आठ वर्षकैदको फैसला 

  ०७३ पुस ६ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै रामधुनीभासी नपा-६ का २४ वर्षीय शम्भु ऋषिदेव मुसहरलाई सुनसरी जिल्ला अदालतले पुस ५ गते आठ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश भरत लम्सालको इजलासले मुसहरलाई आठ वर्षकैद र १ लाख रुपियाँ क्षतिपूर्ति  भराउने फैसला गरेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले गत वैशाख ३ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले ०७३ भदौ २५ गते इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दर्ता गरेका थिए । बालिका गर्भवती भएपछि आफन्तले थाहा पाएर प्रहरीमा उजुरी गरेका थिए ।


शेखर ढकाल