बलात्कार गरेको कुसुरमा जन्मकैद सजायको फैसला

  ०७७ माघ १० गते

८० वर्षीया अपाङ्गता भएकी बृद्धालाई बलात्कार गरेको कसुरमा शैलुङ गाउँपालिका–१ का ३२ वर्षीय दीलबहादुर घिसिङलाई माघ ८ गते जिल्ला अदालतको आदेशले जन्मकैदको सजाय फैसला सुनाएको छ ।

पीडित बृद्धा तथा अपाङ्गता महिलालाई ०७६ असोज २ गते बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले असोज ३ गते दीलबहादुरलाई गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको आदेशले दीलबहादुर ०७६ असोज २८ गतेदेखि पूर्पक्षका लागि थुनामा रहेका थिए ।

न्यायाधीश कविप्रसाद न्यौपानेको इजलाशले घिसिङलाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा (३) खण्ड (क) बमोजिम जन्मकैद पैmसला भएको जिल्ला अदालत दोलखाका सूचना अधिकारी एकरामुल हकले जानकारी दिनु भयो ।


उद्धव पोखरेल