बलात्कार गरेको कसुर ठहर

  ०७६ असोज २ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापाविरूद्घ जिल्ला अदालतले असोज १ गते कसुर ठहर गरेको छ ।

न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर गरेको अदातलका सूचना अधिकारी याम चौहानले बताए ।

मुद्दाको पुनः सजाय निर्धारणका लागि पेश गर्न समेत फैसलामा उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता ऐन २०७५ लागू भएपछि तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सजाय निर्धारणका लागि पुनः पेश गर्नुपर्ने व्यवस्था छ ।

पीडित बालिकालाई आरोपितले गत वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले वैशाख १० गते गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ७ गते गरिएको थियो ।


मङ्गल बेघा