बलात्कार गरेको कसुरमा ८ वर्षकैदको फैसला

  ०७३ चैत २८ गते

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेलका नपा-८ का २३ वर्षीय बोलमान राईलाई जिल्ला अदालतले चैत २७ गते ८ वर्षकैद र १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले बलात्कारको ठहर गर्दै यस्तो फैसला सुनाएको हो । पीडित बालिकालाई आरोपितले ०७२ पुस २० गते बलात्कार गरेको भन्दै राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २२ गते उजुरी परेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २३ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


भरत खड्का