बलात्कार गरेको कसुरमा ७ वर्ष ६ महिना कैदको फैसला

  ०७६ असोज २ गते

मानसिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हंकुर भन्ने भक्तबहादुर योगीलाई ७ वर्ष ६ महिना कैद फैसला भएको छ ।

साथै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन समेत फैसलामा भनिएको छ । न्यायाधीश देवेन्द्र पौडेलको इजलासले असोज १ गते उक्त फैसला गरेको हो ।

पीडित महिलालाई आरोपितले ०७५ साउन २० गते र पछिल्लो पटक भदौ २६ गते बलात्कार गरेको भन्दै असोज १ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दर्ता भएको थियो ।

आरोपित योगीलाई प्रहरीले असोज १ गते नै गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १ गते जिल्ला अस्पताल धादिङमा गरिएको थियो ।

मुद्दा जिल्ला अदालमा विचाराधिन रहेकै बेला घरमा आगोले पोलेर घाइते भएकी पीडितको उपचारकै क्रममा ०७५ फागुन १९ गते त्रिविवि शिक्षण अस्पाल काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।


सीताराम अधिकारी