बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

  ०७३ माघ २८ गते

२८ वर्षीया महिलालाई बलात्कार गरेको ठहर सहित १७ वर्षीय बालकलाई जिल्ला अदालत पाल्पाले माघ २७ गते ६ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश डिल्लीराम तिवारीको इजलासले आरोपितलाई कैद फैसला सहित पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराइदिने फैसला सुनाएको श्रेष्तेदार सुवर्ण खनालले बताए ।

पीडित महिलालाई आरोपितले ०७३ असार १६ गते बलात्कार गरेको भन्दै असार २२ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन गरिएको थियो । आरोपितलाई असार २२ गते नै प्रहरीले गिरफ्तार गरी अदालत पेश गरेको थियो ।


यज्ञमूर्ति तिमिल्सिना