बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

  ०७३ फागुन ८ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा जिल्ला अदालत मकवानपुरले मनहरी गाविस-३ का ३५ वर्षीय प्रदिप कर्माचार्यलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश दयाराम ढकालको फागुन ८ गते बसेको इजलासले कर्माचार्यबाट ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ ।

पीडित बालिकालाई कर्माचार्यले गत जेठ ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते गिरफ्तार गरेको थियो । कर्माचार्य विगत नौ महिनादेखि भीमफेदी कारागारामा पुर्पक्षका लागि थुनामा थिए ।


प्रताप विष्ट