बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

  ०७३ फागुन ३ गते

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डा गाविस-६ का १८ वर्षीय लक्ष्मण शाहीलाई दैलेख जिल्ला अदालतले ६ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले फागुन २ गते गरेको फैसलामा ६ वर्षकैदको अलावा पीडितलाई १० हजार क्षतिपूर्ति तिर्नुपर्ने आदेशसमेत भएको अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले गत साउन १३ गते बन्धक बनाई बलात्कार गरेको भनी पीडित पक्षले उजुरी दिएपछि प्रहरीले आरोपितलाई साउन १८ गते सुर्खेतबाट गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १४ गते दैलेख जिल्ला अस्पतालमा गरिएको थियो ।


अमर सुनार