बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

  ०७६ जेठ ३१ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ३१ गते बबई गाउँपालिका–७ का २२ वर्षीय मनोज केसीलाई ६ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले ६ वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको अदालतले जनाएको छ ।

पीडित बालिकालाई केसीले ०७५ वैशाख २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।

उजुरी दिएकै दिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।


जे.एन.सागर