बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

  ०७५ पुस २० गते

१४ वर्षीया बालिकालाई बलात्कारको कसुर ठहर गर्दै जिल्ला अदालतले प्यूठान नपा–१ का २३ वर्षीय किरण आचार्यलाई पुस १९ गते ६ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

पीडित बालिकालाई आचार्यले गत साउन ६ गते बलात्कार गरेको ठहर गर्दै न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले आरोपितलाई उक्त सजाय सुनाएको जिल्ला अदालतले जनाएको छ ।

पीडित पक्षले आचार्यविरूद्ध साउन ६ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई साउन ६ गते घरबाट गिरफ्तार गरी अदालत पेश गरेकामा जिल्ला अदालत प्यूठानले साउन २० गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो  ।


रविन्द्र पाण्डे