बलात्कार गरेको कसुरमा ६ महिना कैद सजाय

  ०७६ कात्तिक २२ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै पर्वत जिल्ला अदालतले कात्तिक २१ गते १२ वर्षीय बालकलाई ६ महिना कैदको फैसला गरेको छ  ।

न्यायाधीश सुर्यबहादुर थापाको इजलासले आरोपित बालकलाई कैदसँगै पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका तहसिलदार मातृका रिमालले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले जेठ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १७ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई प्रहरीले जेठ १७ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते गण्डकी, अस्पताल पोखरामा गरिएको थियो ।


सन्तोष थापा